Friday, February 1, 2013

गजल र मुक्तकका खातै खात छ


गजल

तिम्रा यादहरु सधैं मेरो साथ छ
काट्नै गाह्रो मलाई दिन रात छ

बेचैनी बड्छ तिमी बिना मलाई
बाचु कि मरु म अब तिम्रै हात छ

बिर्सिदेउ उस्लाई भन्छन सबैले
मुटु दुख्छ मेरो दिलको बात छ

उन्कै लागि रचिएका गीत कबिता
गजल र मुक्तकका खातै खात छ

रगत झै नसा नसामा छाइ सक्यौ
अंग भरी मायानै मायाको मात छ

सम्पूर्ण मित्रहरु मा दिवा कालिन न्यानो अभिबादन ।।

बुद्धभन्दा ७०० वर्ष जेठो बस्ती भेटियो

528763_478897065503296_988744199_n

ज्ञान न्यौपाने, काठमाडौं, माघ १८ - लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्डै ७ सय वर्षअघि नै मानव आवादी रहेको ऐतिहासिक तथ्य फेला परेको छ। मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खननमा भेटिएका प्रमाण इशापूर्व छैठौं शताब्दीका रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको पुरातत्वविद्ले जानकारी दिएका हुन्। बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले गरेको तीनवर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन बुधबार राजधानीमा सार्वजिनक गरिएको छ।
उत्खननमा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रालगायत सामाग्री ३ हजार ३ सय १३ वर्ष पुराना सामग्री भेटिएको विज्ञहरुले जनाए। विभागका लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन।
उत्खननका क्रममा मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री भेटिनुले बुद्ध जन्मनुअगाडि पनि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको पुरातत्वविदले बताए।
गौतम बुद्ध इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मेका थिए। भेटिएका प्रमाणहरु १३ सय इशापूर्वतिरका रहेको अध्ययनमा देखिएको हो।
'लुम्बिनीमा बुद्ध जन्मनुभन्दा ५ सय वर्षअघि मात्र मानवीय बसोबास रहेको अनुमान थियो, यो अध्ययनमा ७ सय वर्षअघि नै त्यहाँ मान्छेको चहलपहल रहेको वैज्ञानिक प्रमाण भेटिएको छ,' अनुसन्धानमा संलग्न पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदन सार्वजनिक गर्दै भने, 'यसले लुम्बिनीको इतिहास नै लम्ब्याइएको छ।'
यसअघि लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको स्तम्भबाट बुद्ध जन्मनुअघि नै त्यहाँ मानव बस्ती रहेको अनुमान रहेकोमा अहिले प्रमाण मिलेको विभागको भनाइ छ।
'सम्राट अशोकले नै गाडेको स्तम्भबाट नै बुद्ध जन्मिनुभन्दा अगाडि त्यहाँ मान्छे रहेको कुरा थियो,' विभागका पुरातत्वविद प्रकाश दर्नालले भने, 'स्तम्भका लिपिमा मात्र भर पर्ने कुरा आएन, अहिले त्यो भन्दा पुरानो प्रमाण नै मिल्यो।' यस्ता प्रमाणले अध्ययनमा थप जागरुकता ल्याएको उनले बताए।
भेटिएका वस्तुहरुको ल्याब टेस्टपछि रिपोर्ट तयार गरिएको विश्वविद्यालयका प्रोफेसर रोविन कोन्निघमले बताए। 'हामी हाम्रो अध्ययनबाट खुसी छौं, किनकि हामीले नयाँ कुरा ल्याउन सक्यौं,' कार्यक्रममा उनले भने।
कोन्निघमले लुम्बिनी अध्ययनका क्रममा थुप्रै माटाका भाँडा, इनार, इनारमा प्रयोग हुने इँट्टा, भत्केका स्तुपलगायत पुराना सामग्री भेटिएको जानकारी दिए। बुधबार प्रारम्भिक रिपोर्ट मात्र ल्याइएको भन्दै उनले पूर्ण रिपोर्टमा थप कुरा बाहिर आउने जानकारी दिए।
जापानिज फन्ड एन्ड ट्रस्टको आर्थिक सहयोगमा टोलीले मायादेवी मन्दिर, नर्सरी, हेलिप्याडलगायत क्षेत्र उत्खनन गरेको थियो। ट्रस्टले बुद्ध जन्मस्थल क्षेत्रमा रहेका विभिन्न संरचनाको संरक्षण कार्यमा पनि सहयोग गरेको र काम चित्तबुझ्दो रहेकाले नेपालका अन्य क्षेत्रमा पनि उत्खनन्को जिम्मा दिन सकिने विभाग महानिर्देशक भेषनारायण दाहालले बताए।

Wednesday, January 16, 2013

“ब्रम्हाण्डको सबैभन्दा बुढो तारा पत्ता लाग्यो”

    • TARA STAR

खगोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको खगोलविद्हरुको भनाई छ ।
यो तारा झण्डै एक सताब्दी अघि पत्ता लागेको भएपनि ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा भएको तथ्य भने बल्लमात्र पत्ता लागेको हो 
१८६ प्रकाश वर्ष टाढा छ ।
अमेरिकी खगोलिय समाजका खगोलविद् होवार्ड बोन्डका अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो । यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारलाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।

शहरको बीचमै हेलिकप्टर खस्दा २ को मृत्यु (फोटोहरु सहित)

काठमाडौ, माघ ३ - लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो । 

Tuesday, January 15, 2013

मजदुरहरुलाई प्रसाशनले जागिरबाट निष्काशित गरेपछि आन्दोलन चर्किदै


बिनोद परियार ,बुटवल,माघ २-कपिलबस्तुको पैकीबण्डा बिरपुर स्थित अर्घाखांची सिमेन्ट प्रालिमा  कार्यरत ७ जना स्थायी मजदुरहरुलाई प्रसाशनले जागिरबाट निष्काशित गरेपछि आन्दोलन चर्किदै गएको छ । स्वतन्त्र कर्मचारीहरुले संगठन बिस्तार गरि युनियनमा आबद्ध भएको निहुमा प्रशासनले पुस २७ गतेदेखि प्रालिको गेटमा ७ जनालाई निष्काशित गरेको सुचना टांसेको छ । यूनियनका अध्यक्ष सहितका मुख्य ब्याक्तिहरुलाई बिना कारण जागिरबाट हटाईएको भन्दै प्रालिमा कार्यरत यूनियनका ७० जना मजदुरहरु २७ गतेदेखि नै मूलगेटमा धर्नामा बसेका छन् ।उनिहरुले महाप्रबन्धकको राजिनामा र आफूहरुको पुर्नबाहली नभएसम्म आफूहरुको धर्ना र बिरोधको कार्यक्रम जारि रहने बताएका छन् ।

यसरी निस्काशित हुनेहरुमा यूनियन अध्यक्ष रोहित यादब,सचिब शिबराम बाल्मीकी तथा रामणल यादब,सत्यनारायण गुप्ता,रामकृपाल यादब,सुभाष चौधरी,सौमद्र्व गुप्ता रहेका छन् । २ सय ४० कर्मचारि मध्ये ७९ स्थायी हुन् । मजदुरको आन्दोलन चर्किदै गएपछि प्रालिमा शसस्त्र र जनपथ प्रहरी ठूलो संख्यामा परिचालित छन् । "हाम्रो केहि गल्ती छैनु,नेपाल स्वतन्त्र केमिकल तथा आईरन मजदुर यूनियनका अध्यक्ष रोहित यादब भन्छन् मदिरामा लठ्ठीएका महाप्रबन्धक राजेन्द्र बहादुर सिंहले हामीलाई मजदुर संगठनमा लागेको भन्दै गलौज तथा हातपात गरेर दुब्र्यबहार गरेु । बिनाकारण स्थायी जागिर गएकोमा चिन्तीत बनेका यादबले आफू सोहि कम्पनीमा बिगत ७ बर्षदेखि निरन्तर कार्यरत रहेको बताए ।

कम्पनीका प्रशासन अधिकृत प्रकाश उपाध्यायले कम्पनीको नियम बिपरित काम गरेकोले उनिहरु निस्कासित भएको बताए । उनले मजदुरलाई श्रम ऐनको परिच्छेद ८ को ५२ (४)बमोजिम कारबाहि गरेको बताउंछन् । प्रालिको मूलगेटमा टांसिएको सुचनामा पुस १९ गते राति यूनियनका अध्यक्ष पलम्बर पदमा कार्यरत रोहित यादबले बिना जानकारि प्रालिको लोडर बाहिर लगेकाले स्पष्टिकरण पछि कारबाहि स्वरुप कामबाट निस्काशित गरेको उल्लेख गरिएको छ । यूनियनका कोषाध्यक्ष प्रकाश सिंहले निस्काशित मजदुरहरुको पुर्नबाहली नभएसम्म आन्दोलन नरोकिने चेताबनी दिएका छन् । कम्पनीका निस्काशित अधिकांश कर्मचारिहरु सिनीयर र ५/७ बर्षदेखि कार्यरत थिए ।

आन्दोलनमा रहेका मजदुरहरुले नेपाली कामदारहरु छानीछानी निकालेको र केही भारतिय मजदुर मात्र कम्पनीमा रहेको बताए । बिगत १२ बर्षदेखि संचालित उक्त सिमेन्ट प्रालिले बिभिन्न समयमा डाईनेस्टिक,एभरेष्ट तथा अहिले अर्घाखांची नामबाट संचालित छ । कर्मचारिहरु निस्काषित पछि प्रालिले दैनिक उत्पादन गर्दै आईरहेको २ सय टन क्लिङ्कर र २ सय ५० टन सिमेन्ट उत्पादनमा प्रभाब परेको प्रशासनले जनाएको छ